कञ्चनपुरमा भारतको गुजरातबाट फर्किएका कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमित

धनगढी खबर    

कञ्चनपुरमा भारतको गुजरातबाट फर्किएका कोरोना संक्रमित पुरुषको मृत्यु

कञ्चनपुर। सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलवार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अस्पताललाई उदृत गर्दै संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

पुरुष २२ गते भारतको गुजरातबाट फर्किएका थिए। मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने प्रहरी नायब उपरीक्षक थापाले बताए।



बुधबार २५, चैत २०७७ १०:३८ मा प्रकाशित

#कोरोना भाइरस #सुदूरपश्चिम

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस