नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न : ९० प्रतिशत मतदान

नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न : ९० प्रतिशत मतदान

नेपाल पत्रकार महासंघको मतदान सकिएको छ । बुधबार देशभर भएको मतदानमा ९० प्रतिशतभन्दा बढी मतदान भएको केन्द्रीय निर्वाचन समिति संयोजक कपिल काफ्लेले जानकारी दिए । 

उनले महासंघका तीनै तहमा निर्वाचन उत्साहजनक सम्पन्न भएको जानकारीसमेत दिएका छन् । देशभरका ९७ केद्रमा भएको निर्वाचन सम्पन्न भएको उनको भनाइ छ । 

केही स्थानको मतगणना सुरु भएको काफ्लेको भनाइ छ ।  ‘आज २५ गते चैत्रमा पत्रकार महासंघका तीनै तहको निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भयो ।

देशभर ९७ केन्द्रमा चलेको निर्वाचनमा अधिकांश निर्वाचन समितिले निर्वाचन सम्पन्न भएको जानकारी दिनुभएको छ भने केहीले मतगणना पनि सुरु गरेको बताउनुभएको छ’, काफ्लेले भने, ‘९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान छ ।’