नेपाल पत्रकार महासंघ निर्वाचन: कैलाली शाखाको मतदान सकियो, खस्यो १८७ मत !

नेपाल पत्रकार महासंघ निर्वाचन: कैलाली शाखाको मतदान सकियो, खस्यो १८७ मत !

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाको मतदान कार्यक्रम सम्पन्न भएको छ । केही बेरअघि मतदान कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला शाखामा रहेका १९३ सदस्यमध्ये १८७ मत खसेको बताईएको छ । त्यसमध्ये ६ मत नखसकेको जनाइएको छ । केहि समयपछि मतगणना सुरु हुने बताईएको छ ।