कञ्चनपुरमा ९ जना फरार प्रतिबादी पक्राउ

कञ्चनपुरमा ९ जना फरार प्रतिबादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दाका ९ जना फरार प्रतिबादी पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा ती प्रतिबादीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अदालतबाट मुद्दा भइसकेका प्रतिबादीलाई पक्राउ गरेर अदालतमै पेश गरिएको बताए भने अनुसन्धान गर्नुपर्नेहरुको हकमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए। 

पक्राउ पर्नेहरुमा चेक अनादर मुद्धा लागेर कञ्चनपुर जिल्ला अदालतले २०७६ सालको जेठमा १ महिना कैद १० हजार रुपैयाँ जरिवाना सुनाइएका भिमदत्त नगरपालिका १८ बस्ने २४ वर्षीय  अनिल रिजाल। उनलाई प्रहरीले घर ठेगानामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेर अदालतमा मार्फत कैद भुक्तानका लागी कारागार चलान गरेको छ। 

यस्तै, गत फागुनमा लागु औषध मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिबादी भिमदत्त नगरपालिका–३ बस्ने २३ वर्षीय दिवश कुवँर। गत फागुनमा चोरी मुद्धामा जिल्ला अदालतबाट ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएका प्रतिबादी पुनर्वास नगरपालिका–६ ङ गाउँ बस्ने मनिस बि.क. साथै अंश मुद्धामा १ हजार ६ सय ९९ रुपैयाँ जरिवाना भएका कृष्णपुर नगरपालिका–६ बस्ने उदय राज जोशी,जयराज जोशी र धनिराज जोशी रहेका छन् । 

त्यस्तै, भ्रष्टाचार मुद्धामा फैसला भएर ५ हजार रुपैयाँ जरिवाना भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने महिमान सिह बिष्ट। जिल्ला अदालतमा उपस्थित गराएर जरिवाना तिरी छोडिएको।   मानव बेचबिखन तथा ओसारपसार कसुर मुद्धामा घटना भएको दिन चैत २५  गते भागेर फरार भएका प्रतिबादी पुनर्वास नगरपालिका–६ बस्ने २४ वर्षीय चन्द्र बि.क.(सुनार), सोही ठाउँकी २२ वर्षीया आशा सुनार र २४ वर्षीय गुड्डु सुनारलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाईएको छ । भने सवारी ज्यान मुद्धाका फरार प्रतिबादी पुनर्वास नगरपालिका– ९ बिचफाँटा बस्ने ४५ वर्षीया लिला सुनार र २४ वर्षीय सागर बि।क। अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।