बझाङमा विवाहको प्रलोभन देखाएर बलात्कारको प्रयास गर्ने बिरुद्ध मुद्धा

अपराध

धनगढी खबर    

बझाङमा विवाहको प्रलोभन देखाएर बलात्कारको प्रयास गर्ने बिरुद्ध मुद्धा

बझाङमा विवाहको प्रलोभन देखाएर बलात्कारको प्रयास गर्ने युवक विरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङ्गमा मुद्दा दर्ता गरिएको छ ।

जिल्लाको केदारस्यु गाउँपालिका २ का १८ वर्षीय युवक जनक ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

किशोरीलाई विवाहको प्रलोभन देखाएर मामाको घरमा लगेर २ पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरी कार्यालयमा बुधबार मुद्दा दर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङ्गले भने जबरजस्ती गर्न खोज्ने युवक फरार रहेको बताउँदै उनको खोजी र घट्ना अनुसन्धान कार्य जारी रहेको जनाएको छ।  



बिहिबार २६, चैत २०७७ ०९:३१ मा प्रकाशित

#बझाङ #बलात्कारको प्रयास

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस