बदली तथा वर्षाको सम्भावना देशका कुन क्षेत्रमा कस्तो छ?

बदली तथा वर्षाको सम्भावना देशका कुन क्षेत्रमा कस्तो छ?

देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । देशका केही स्थानहरूमा तुँवालो लागेको छ ।

बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहने छ।

प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यसैगरि राति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।