भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाबिरुद्धको दोस्रो डोज खोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाबिरुद्धको दोस्रो डोज खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबिरुद्धको दास्रो डोज भ्याक्सीन लगाउनु भएको छ । उहाँले पहिलो डोज गत मार्च १ मा लगाएउनु भएको थियो । मोदीले त्यसपछिको दोस्रो डोज बिहीबार लगाएको समाजिक संजाल ट्वीटरम लेख्नुभएको छ ।

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा पुगेर खोप ग्रहण गरेको उहाँको भनाइ छ । खोप लगाएपछि उहाँले कोरोना भाइरसबिरुद्ध लड्न सहयाग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले यो खोप अभियानमा सरिक हुन सबैमा आह्वान गर्नुभएको छ ।भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भारतका केही प्रदेशहरुमा आंशिक लकडाउन पनि गर्न थालिएको छ ।