नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको सचिवमा हरि प्रसाद जोशी निर्वाचित !

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको सचिवमा हरि प्रसाद जोशी  निर्वाचित !

धनगढी | नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको सचिवमा हरि प्रसाद जोशी निर्वाचित भएका छन् । आज सम्पन्न भएको मतगणना अनुसार जोशी आफ्ना प्रतिद्वन्द्वी नरेन्द्रसिंह कार्कीलाई पराजित गर्दै सचिव पदमा निर्वाचित भएका हुन ।

सुदूरपश्चिममा बुधवार १ हजार ६५ मत खसेको थियो । नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बुधवार तीनै तहको निर्वाचन सम्पन्न भएको थियो ।

यस्तै महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा योगेश रावल विजयी भएका छन् ।