आज कहाँ-कहाँ पर्छ पानी ?

आज कहाँ-कहाँ  पर्छ पानी  ?

 शुक्रबार देशको पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको देखिन्छ ।   

आज दिउँसो देशका प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशको प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ। देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुंवालो लाग्न सक्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली र पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।