पत्रकार महासंघ कैलालीको अध्यक्षमा हिमाल जोशी निर्वाचित

पत्रकार महासंघ कैलालीको अध्यक्षमा हिमाल जोशी निर्वाचित

नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्षमा हिमाल जोशी निर्वाचित भएका छन्।

श्रवण देउवालाई सात मतले पराजित गर्दै जोशी अध्यक्षमा निर्वाचित भएका हुन्। जोशीको प्यानल नै विजयी भएको छ। नेपाल प्रेस युनियनले देउवालाई उम्मेदवार बनाएपछि जोशी स्वतन्त्र प्यानल बनाएर चुनावमा उठेका थिए।

उपाध्यक्षमा हरिश विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा, सचिवमा युवराज न्यौपाने, सहसचिवमा घनश्याम पौडेल र कोषाध्यक्षमा लक्ष्मीप्रसाद जोशी विजयी भएका छन्। उनीहरु सबै जोशीकै प्यानलका हुन्। ओली निकट प्रेस चौतारीबाट सुशिल ढुंगाना अध्यक्षका उम्मेदवार थिए।