सुदूरका यी ३ प्रमुख जिल्ला अधिकारीको भयो सरुवा !

सुदूरका यी ३ प्रमुख जिल्ला अधिकारीको भयो सरुवा !

कैलाली । सुदूरपश्चिमका ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ। गृह मन्त्रालयले डोटी, बाजुरा र बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।

डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराइलाई चितवन सरुवा गर्दै गृहले उनको ठाउँमा सुनिल खनाललाई पठाएको छ।

यस्तै, बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेको कारागार कार्यालय पर्सा सरुवा भएको छ। उनको ठाउँमा गोपाल अधिकारी आउने भएका छन्। भने बैतडीका प्रजिअ मोहनराज जोशीको जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएको छ। राजेन्द्रदेव पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ।