आजदेखि आईपीएल सुरु, पहिलो खेलमा मुम्बई र बेङ्ग्लोर भिड्दै

आजदेखि आईपीएल सुरु, पहिलो खेलमा मुम्बई र बेङ्ग्लोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको खेल हुने हुँदैछ ।

मुम्बई र बेङ्ग्लोरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लोरको कप्तानी विराट कोहलीले गर्दैछन् ।

बेङ्ग्लोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको भए पनि तीन पटक नै हार ब्यहोरेको छ । यस्तै मुम्बईले पछिल्ला दुई सिजनको उपाधि लगातार जितेको थियो । यसैबीच, भारतको विभिन्न ठाउँमा कोरोनाको दोस्रो लहर सुरु भएकाले विशेष स्वास्थ्य सावधानी अपनाइने भएको छ ।

केही ठाउँमा लकडाउन भएको र खेलाडीहरुमा समेत कोरोना सङ्क्रमण भएकोले विशेष सावधानी अपनाइने आयोजकले जनाएको छ । खेलमा सहभागी हुने खेलाडीलाई कोरोनाको सङ्क्रमण हुन नदिन होटलबाट बसमार्फत सिधै स्टेडियममा लैजाने र खेल सकिएपछि फेरि बसमार्फत नै होटलमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।