मानिसको विवाहमा जनाबर पाहुना !

मानिसको विवाहमा जनाबर पाहुना !

सामान्यतया विवाह एक खास तरिकाले गर्ने प्रचलन छ । कसैले त आफ्नो क्षमता भन्दा पनि धेरै खर्च गरेर विवाह गर्छन् । विशेष गरी विदेशमा प्रायः मानिसहरुले आफ्नो विवाहलाई सम्झन योग्य बनाउने गर्छन् ।

अलग तरिकाले गर्ने सोच राख्छन् । यसैबीच इंग्ल्यान्डमा एक जोडीले विवाहमा त्यस्तै आश्चर्य लाग्दो तरिका अपनाएर विवाह गरेका छन् । फ्रिक्ली र उनकी प्रेमिका जेटेट स्टिलले विवाहमा केही जनावरलाई पाहुना बनाएका छन् ।

उनीहरुको विवाहमा बिच्छी, अजिंगर, बादर लगायत जम्मा ३० वटा जनावरहरुलाई निमन्त्रणा दिइएको थियो । विवाहका आएका अन्य पाहुनाहरुले यी जनावरहरु हेरेर खुशी हुँदै फोटोशुट गराएका थिए । इंग्ल्यान्डमा एक कम्पनीले विवाहमा जनावर चाहिएमा उपलब्ध गराइदिने गर्दछ ।

यो कम्पनीको नाम द पार्टी एनिमल्स राखिएको छ । यस कम्पनीले दुई घन्टाको लागि १० हजार रुपैयाँ चार्ज लिने गर्छ ।