सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३१ नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका–३ का ४८ वर्षीय पुरुष र ३३ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो। यस्तै घोडाघोडी नगरपालिका–६ का २६ वर्षीय पुरुष र २६ वर्षीया महिलामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।