यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमतीको हत्या

यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमतीको हत्या

यौनसम्पर्क गर्न नदिएको भन्दै रुपन्देहीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्। रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि श्रीमती हत्याको कारण खुलेको हो। प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई बिहीबार बिहान पक्राउ गरेको छ।

५५ वर्षीय कुश्मा बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटना थाहा पाउनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले श्रीमान बानियाँलाई पक्राउ गरेको हो।