पछिल्लो २४ घण्टामा नेपालमा २८८ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ७१ पीसीआर परीक्षण भएका छन् ।
२४ घण्टामा १२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ ।
त्यस्तै २ हजार ६ सय १५ जना आइसोलेसनमा र ८४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख ६ हजार २ सय ४४ पीसीआर परीक्षण भएका छन् ।