चार मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

चार मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

पदमुक्त भएका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको पुनः सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन्।

उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त  लिएका हुन्। जसअनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका हुन्।

भट्ट ३ फागुन २०७५ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन्। रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विघटनपछि १० पुसमा पुनर्गठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए।

संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।