सुरु भयो धनगढी हाफ म्याराथन २०२१ !

सुरु भयो धनगढी हाफ म्याराथन २०२१ !

धनगढी । हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको  ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ अन्तरगत धनगढीका युवायुवतीहरु शनिबार विहानै दौडिएका छन् । आज विहान सके दौडौं, नसके हिडौं भन्ने नारासहित कार्यक्रमको सुरु भएको हो । 

म्याराथन ४ वटा विधामा रहेको छ। पहिलो २१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतियलाई २२ हजार २ सय २२ नगद पुरस्कार दोस्रो कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा प्रथमलाई ५ हजार पाँच सय ५५, द्वितीयलाई ३ हजार ३ सय ३३ र तृतीयलाई २ हजार २ सय २२ नगद पुरस्कार राखिएको जनाइएको छ।

तेस्रो महिला तर्फ ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार छ भने चौथो बिधामा अपांगतालाई ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने  जनाएको छ । प्रतियोगिताको नवजीवन सहकारी मुख्य प्रायोजक रहेको छ।