कञ्चनपुरमा डाँका मुद्धाका फरार प्रतिबादी पक्राउ

कञ्चनपुरमा डाँका मुद्धाका फरार प्रतिबादी पक्राउ

कञ्चनपुर| कञ्चनपुरमा डाँका मुद्धाका फरार प्रतिबादी १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले कञ्चनपुरको परासन गा.बि.स. वडा न ७ का बल बहादुर सुनारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बि.स.२०३२ साल देखी भारतिय डकैतिको सहयोग लिई कञ्चनपुरको दक्षिणी सिमाक्षेत्रमा यस अघि बि.स.२०४४ साल, २०४८ र २०५० सालमा समेत डाकाडाली हालसम्म फरार रहेको डाकाका नाईके पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको हो ।

सुनारलाई कञ्चनपुर जिल्ला अदालतको मिति २०५० साल असार २ गतेको फैसलाले ६ बर्ष कैद र ६२ हजार ४ सय १५ रुपैयाँ जरिवाना गरिएको थियो । निज प्रतिबादीलाई निजकै घर ठेगानामा लुकीछिपी बसेको अबस्थामा फेला पारी आज शुक्रबार जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागी कारागार चलान गरीएको जनाएको छ ।