मेयर्स कप क्रिकेट : उपाधिका लागि एपीएफ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

मेयर्स कप क्रिकेट : उपाधिका लागि एपीएफ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

ललितपुर मेयर कपको उपाधि भिडन्त आज हुने भएको छ । पहिलो संस्करणको मेयर कप महिला टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुन लागेको हो ।

महिला क्रिकेटको उपाधिका लागि विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । बलियो टिम एपिएफ प्रतियोगितामा अपराजित रहेको छ । फाइनलमा सुदूरपश्चिमलाई हराउँदै एपिएफ अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ ।

यता सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोडेको थियो । लिग चरणमा सुदूरपश्चिम एपिएफसँग ३७ रनले पराजित भएको थियो । अन्य खेलमा जित निकालेको थियो ।

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५÷१५ हजार पाउने छन् ।