महाकाली नमीमा भारतले बनाएको तटबन्ध निरीक्षण गर्न नेपाली टोली धनगढी पुग्यो

महाकाली नमीमा भारतले बनाएको तटबन्ध निरीक्षण गर्न नेपाली टोली धनगढी पुग्यो

धनगढी । भारतले एकतर्फी रूपमा महाकाली नदीमा निर्माण गरेको तटबन्धको निरीक्षण गर्न नेपाली प्राविधिकको टोली धनगढी पुगेको छ ।

काठमाडौंबाट ५ सदस्यीय टोली शनिबार बिहान धनगढी पुगेको हो । टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । उक्त टोली शनिबार साझ दार्चुला प्रस्थान गर्ने छ ।

भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण गरेको छ ।

सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भए पनि नेपाली पक्षसँग समन्वय नै नगरी भारतले तटबन्ध बनाएको छ ।

उक्त विषयमा स्थलगत निरीक्षणको लागि नेपाल र भारतबाट ५–५ सदस्यीय प्राविधिकको टोली तयार गरिएको थियो । भारतीय टोली पनि सोमबारसम्म निर्माण स्थलमा पुग्ने बताइएको छ ।