धनगढी । मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले अवरुद्ध गरेको कैलालीको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ।
उनीहरुले ठक्कर दिने मोटरसाइकल र व्यक्तिको पहिचान गरी कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारवाही गरिने बताएपछि राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएको छ।
शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो।