सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले यो वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार एक सय ११ रुपैयाँ तोकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहायक प्रवक्ता प्रकाश आचार्यले जानकारी दिए ।
सरकारले कृषकले उत्पादन गरेका बालीहरूको उचित मूल्य प्राप्तिसहित बिक्री सुनिश्चित गरी बजारीकरणमा सहयोग गर्न धान, मकै, गहुँ, उखू लगायतको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।
सरकारको नीति तथा कार्यक्रममा पनि प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने उल्लेख छ ।