''पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्छ”

''पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्छ”

कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गरेका छन्  ।

नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले “समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्छ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेका छन्। 

उनले महासङ्घको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण¬–२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गरे ।   

मुलुकको अर्थतन्त्रमा करीब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सरकारको लक्ष्यलाई हरतरहले साथ दिइरहेको बताउँदै अध्यक्ष गोल्छाले आर्थिक रुपान्तरणका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सरकारीस्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए ।

अर्थतन्त्रमा २२ प्रतिशत योगदान गरेको र २० लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको साना तथा मझौला उद्योगका समस्या समाधानका साथै औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रले सरकारी सहयोगको अपेक्षा गरेको उनले बताए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधानको क्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने बताए । नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्न एक÷दुई वर्षको परिश्रमले नपुग्ने भएकाले त्यसका लागि एक दशककै दृष्टिकोण, प्रस्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए ।