आहा रारा फाइनल : टाइब्रेकरमा संकटाको रोमाञ्चक जित

आहा रारा फाइनल : टाइब्रेकरमा संकटाको रोमाञ्चक जित

पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनलमा संकटा क्लबले टाइब्रेकरमा ४–२ को जित हासिल गरेको छ। अफ्रिकन रुट्ससँग खेलको निर्धारित र अतिरिक्त दुवै समयमा १–१ को बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरबाट भएको हो।

यसअघि ज्याकस बसीकले गरेको गोलबाट अफ्रिकन रुट्सले खेलमा पहिलो अग्रता लिएता पनि संकटाका विदेशी खेलाडी ग्लोरीले बराबरी गोल फर्काएका थिए।

पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।