शनिबार सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिममा शनिबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ६९ नमुनाहरुमध्ये थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनसार धनगढीका ३ सहित प्रदेशका थप ५ जनामा कोरोना देखिएको हो । उनले धनगढी उप–महानगरपालिका–३ की ६० वर्षीया महिला, वडा नम्बर २ का १९ वर्षीय पुरुष र वडा नम्बर ५ का ४१ वर्षीय पुरुषमा संक्रमण पुस्टि भएको जानकारी दिए ।

यस्तै कैलालीकै २४ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–५ की ७२ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।