मेस्सीका लागि ‘अन्तिम अवसर’

मेस्सीका लागि ‘अन्तिम अवसर’

धनगढी । दुई पटकको च्याम्पिय अर्जेन्टिना विश्व फुटबलको शनशनी लियोनल मेस्सीको प्रेरणामा छ । तर, अप्रत्यासित रुपमा अर्जेन्टिनाको विश्वकप यात्रा सुखद बन्न सकेन । हुन त अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिजाको विश्वकप छनोट यात्रा पनि यादगार थिएन ।

बल्लतल्ल विश्वकपमा छानिएको अर्जेन्टिनाले विश्वकपको सुरुआती २ खेलमा बिर्सनलायक प्रदर्शन गर्यो । भन्नेले भनिसकेका छन्, ‘अर्जेन्टिनी टोली इतिहासकै झूर ।’ समूह डीबाट उसले नवप्रवेशी टोली आइसल्याण्डसँग अप्रत्यासित बराबरी खेलेपछि क्रोएशियासँग ३–० गोलको लज्जास्पद पराजय ब्यहोर्यो ।
समकालीन फुटबलका चीर प्रतिद्वन्दी क्रिष्टियानो रोनाल्डोले आफ्नो टोली पोर्चुगलका लागि शनशनीपूर्ण प्रदर्शन गरिरहेका बेला मेस्सी भने लगातार फ्लप हुँदै गइरहेका छन् । अब, मेस्सी र अर्जेन्टिनाका लागि अन्तिम अवसर छ, विश्वकप छनोटका लागि पनि अन्तिम खेल कुर्नुपरेको अर्जेन्टिनाका लागि रुसमा पनि त्यस्ते अवस्था आएको छ ।

सेन्ट पिटर्सवर्ग रंगशालामा अर्जेन्टिनाले विश्वकपको परिचित प्रतिस्पर्धी नाइजेरियासँग खेल्दैछ । नाइजेरियाबिरुद्ध जित हासिल गरे र क्रोएशियाबिरुद्ध आइसल्याण्डले जित हासिल नगरे अर्जेन्टिना नकआउट चरणमा पुग्नेछ । क्रोएशिया यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

संसारभरका फुटबल प्रेमीहरुको नजर मंगलबार लियोनल मेस्सीलाई हेर्नेछन्, किनभने उनी र उनका अर्जेन्टिनी टिममेट नाइजेरियाबिरुद्धको खेलमा विश्वकपबाटै आफूलाई बचाउने प्रयासमा हुनेछन् ।

प्रतियोगिता अघिसम्म अधिकांशको कुरा के हुन्थ्यो भने, मेस्सीले सम्भवतः अन्तिम विश्वकप खेल्दैछन् र अन्ततः अन्तर्राष्ट्रिय गौरवको अनुवभ गर्नेछन्, जस्तो उनका महान प्रतिद्वन्द्वी रोनाल्डोले युरो २०१६ मा गरेका थिए ।

गत बिहीबारको क्रोएशियाबिरुद्धको हार अर्जेन्टिनाका लागि भयानक बिपत्ती थियो । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका डिएगो म्याराडोनाले अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओली र उनको रणनीतिको खुलेरै बिरोध गरे ।

यसै परिप्रेक्षमा एउटा अर्को दुखत खवर बाहिरियो कि प्रशिक्षक साम्पाओलीबिरुद्ध खेलाडीहरुले नै बिद्रोह गरे । यद्यपी फुटबल अर्जेन्टिनाका अध्यक्ष क्लायडियो टापियाले यसको खण्डन गर्दै मिडियाले बढी प्रचार गरेको बताए ।

‘वास्तपमै पत्रकार चौथो शक्ति हुन् । तर, यो बिर्सनु हुँदैन कि उनीहरु सूचनाका सम्बाहक हुन् र त्यसका लागि उनीहरुको सूचनाको श्रोतले राम्रो काम गर्नुपर्छ । जव उनीहरु भीडको पछि लाग्छन्, सही सूचना आउँदैन ।’ उनले आक्रोश पोखे ।

‘खेलाडीहरु अफिसियलका साथमा टिम प्रशिक्षणमा छन् जुन मैले प्रत्यक्ष हेरेर आएको छु, जे पनि कुराहरु बाहिर आएको छ सबै झूट हो ।’

यता नाइजेरियाका लागि आइसल्याण्डले क्रोएशियालाई हराएन भने बराबरी पनि पर्याप्त हुनेछ । तर, नाइजेरियाली डिफेण्डर विलियम ट्रोष्ट इकोङले बुझेका छन् कि मेस्सीलाई रोकेर उनीहरु अघि बढ्न सकिन्छ ।

‘जव मेस्सी लयमा फर्कन्छन् हाम्रा लागि समस्या पक्कै हुन्छ, तर, हामी पनि त केहि नगरी बस्दैनौं नि !’ उनले भने ।