आज चैत्र कृष्ण औंसी अर्थात घोडेजात्रा मनाइँदै !

आज चैत्र कृष्ण औंसी अर्थात घोडेजात्रा मनाइँदै !

काठमाडौं । आज चैत्र कृष्ण औंसी अर्थात घोडे जात्रा । प्रत्येक वर्षको जस्तै चैत कृष्ण औंसीको अवसरमा आईतबार उपत्यकामा घोडे जात्रा मनाइँदै छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ ।

सहरका बालबच्चालाई दुःख दिन थालेपछि टुन्डी नामका राक्षसलाई टुँडिखेलमा गाडिएको र यसो गर्दा पनि दुःख दिन नछोडेपछि घोडाको टापले कुल्चाउने गरेको किंवदन्ती यो जात्रासँग सम्बन्धित छ ।

आइतबार बिहानै सेनाको क्याभलरी युनिटले धर्मपथमा रहेको जुद्धवारुणयन्त्र कार्यालय सामुन्नेको रेवन्त पीठ र नाट्येश्वरमा बलि दिएपछि उपत्यकामा यो जात्रा सुरु हुने परम्परा रहेको छ। घोडाको टापले थिचेर राख्ने प्रचलनअनुसार टुँडिखेलमा उत्सवका रूपमा घोडेजात्रा हुँदै आएको हो ।

जानकारका अनुसार पहिले नेवार समुदायले यो जात्रा टुँडिखेलमा गर्दै आएका भए पनि सैनिक ब्यारेकको स्थापनासँगै जनरल भीमसेन थापाको पालादेखि नेपाली सेनाले घोडादौड, अश्वकला प्रदर्शन गरेर जात्रा मनाउन सुरु गरिएको हो ।

पाटनको बालकुमारीमा एउटा कानु घोडालाई हाहाहुहु गर्दै सहर डुलाएर यो जात्रा मनाउने चलन छ । यो जात्रालाई अब हरियो लसुन, छ्यापी, सागपातको स्वाद हराउँदै गएको सूचकका रूपमा पनि लिने गरिन्छ । टुँडिखेल

मा जात्राको बढाइँ भएपछि फर्सी, लौका, सिमी, बोडी, घिरौँलालगायतका लहरे तरकारीको बीउ रोप्ने प्रचलन काठमाडौँ उपत्यकामा छ । घोडेजात्राका नेवार, तीजका महिला, सोह्रश्राद्धका ब्राह्मण र असार पन्ध्रका रोपारसँग यो दिन ठट्टा गर्ने समय हुन्न भनिन्छ ।

यसो भए पनि मदिरापान गरेर घोडेजात्रा मनाउन÷हेर्न हिँडेकालाई ‘कता जान लागेको हो?’ भनेर सोध्ने प्रचलन अझै छ । यसरी प्रश्न गर्दा घोडेजात्रा हेर्न हिँडेको व्यक्तिले ‘श्री ३ जङ्गबहादुरको घोडा किन्न हिँडेको हुँ’ भनेर जवाफ फर्काउने घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्दैै आएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।