सुदूरपश्चिम राजधानी कपको उपाधि वनदेवी युवा क्लबलाई

सुदूरपश्चिम राजधानी कपको उपाधि वनदेवी युवा क्लबलाई

कैलाली । कैलालीको अत्तरियामा भएको जिआईसी सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उपाधि वनदेवी युवा क्लबले जितेको छ । पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भएको दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उपाधि अत्तरियाकै वनदेवी युवा क्लबले जितेको हो ।

शनिबार अत्तरियामा भएको फाईनल खेलमा वनदेवी युवा क्लबले माउण्ट एभरेष्ट युवा क्लबलाई १–० ले हराएको हो । खेलको निर्णायक एक मात्रै गोल चेतमान कडायतले गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको ३ औं मिनेटमा चेतमानले गोल गरेका थिए । उपाधि जिताउन गोल गरेका चेतमान फाईनलका म्यान अफ द म्याच भए। उनले नगद २ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।

वनदेवी युवा क्लबले उपाधिसँग नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता भएको माउण्ट एभरेष्ट युवा क्लबले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ।