अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको बरिष्ठ उपाध्यक्षमा बझाङका समीर मल्ल

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको बरिष्ठ उपाध्यक्षमा बझाङका समीर मल्ल

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिख सम्पन्न भएको छ। “जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि” मुल नाराको लिएर स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया ४५ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन भएको हो।सुदूरपश्चिमेलि नेपाली समाजका मलेसियाका निबर्तमान अध्यक्ष बर्तमान संरक्षक मल्ल लामो समय देखि मलेसियामा रहेर सुदूरपश्चिमको कला सास्कृती र भेसभुसा जोगाउन सक्रिय हुँदै आएका छन्।

युवाहरुले निकै रुचाउने मल्ल सुप समाज मलेसियाको अध्यक्ष हुदा मलेसियाका विभिन्न ठाउमा राज्यसमिती बिस्तार गर्दै समाजलाई बलियो र मजबुद बनाउदै आयका उनी अहि सिङ्गो नेपाली प्रबासी हरुको संगठन अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको बरिस्ठ उपाध्यक्षमा चयन भयपछी धेरैले यस समाजलाइ उचाइमा पुर्याउन उहाले मत्वपुर्ण भुमिका खेल्ने बिश्वास लियका छन।

उनीसँगै सुदूरपश्चिमबाट मलेसियामा रहदै आएका युवाहरुमा सह महासचिवमा आनन्द साउद ( बैतडी) सचिबमा बिरेन्द्र कार्की ( दार्चुला) सदस्यमा दिपक राज जोशी ( कंचनपुर ) पनि चयन भएका छन्।

यश अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका कार्यसमितिमा मलेसियामा रहेका नेपाली कृयसिल १५ वटा भन्दा बढि संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिका अध्यक्ष राजु तामाङ, बरिष्ट उपाध्यक्ष समिर मल्ल, उपाध्यक्ष बिक्रम याक्खा, सोना मगर, हिरालाल दयाल, जगत दोङ तामाङ, पुर्ण लिम्बु, डेबिट घिमिरे, महासचिव बिर बहादुर सारु मगर, सहमहासचिव आनन्द साउद, सचिव सुमन श्रेष्ठ, उर्मिला राई, बिरेन्द्र कार्की, प्रबक्ता दल बहादुर तामाङ, कोषाध्यक्ष तारा देबि राई, सहकोषाध्यक्ष समिर परदेशीलिम्बु, खड्ग बहादुर कार्की सदस्यहरु केवल कुलुङ, दिपक राज जोशी, गंगा राई , रमेश थारु, बिक्रम वाईबा, नेत्र प्रताप सेन ठकुरी, रोजी सुनुवार, बिष्णु राई, चन्दा लिम्बु, दिप सिखर लिम्बु, साइली तामाङ, कला साम्बा, टेकेन्द्र थुलुङ, मिलन चक्र पुन, राजेश राई, क्रिन्जल तामाङ, कमल रसाइली, अनिल राई, सामा देवान, सिन्धु तामाङ, पासाङ तामाङ, दिल गुरुङ, सन्चा लिम्बु, कृष्ण प्रसाद गुप्ता, गोपाल भुजेल, अधिक तामाङ, छबिलाल बोम्जन चयन हुनु भएकोछ । नव गठित समितिलाई अन्तर्राष्टिय नेपाली समाजका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले सपथ ग्रहण गरेका छन्।

साथै यस नव गठित समितिका सल्लाहकारहरुमा डा हुम बहादुर गुरुङ, संकर बहादुर पौडेल, जागिर धन गुरुङ, बिपिन राई, मछिन्द्रनाथ चापागाई र पुरुशोतम कार्कीढोली रहेकाछन भने संरक्षकमा ईश्वर राई रहेका छन ।

उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको सभापतित्वमा संन्चालन भएको थियो। साथै प्रमुख अतिथि पुर्ब कुलपति प्रोफेसर डा. टंकनाथ शर्मा, बिशिस्ट अतिथि प्रोफेसर डा. श्रीराम उपध्याय, प्रोफेसर डा. पुस्प दमाई, डा महेश पौडेल, डा. किस्मात पाण्डे, डा. तारामणि राई, नेपाली राजदुतावास मलेसियाका उपनियोग प्रमुख मति बहादुर श्रीश मगर, डा। रेणु सोलु र गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराई रहेका थिए ।