विद्यालय बन्दकाे निर्णय भएकाे छैन : मन्त्री भट्ट

विद्यालय बन्दकाे निर्णय भएकाे छैन : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले काेराेना भाइरस संक्रमणकाे जाेखिमबारे समीक्षा भए पनि विद्यालय बन्द गर्ने निर्णय नभएको बताएका छन्।

शनिबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएकाे खबर सार्वजनिक भएकाे थियाे। तर, मन्त्री भट्टले विद्यालय बन्दका विषयमा निष्कर्षमा पुग्न नसकिएकाे बताए।

कोरोनाको नयाँ भेरिएन्टको संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठनकाे व्यवस्था मिलाउन सिफारिस गरेकाे थियाे। मन्त्री भट्टले यसबारे छलफल भएकाे निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई रहने बताए।