कञ्चनपुर प्रहरीद्वारा घरेलु मदिरा नष्ट !

कञ्चनपुर प्रहरीद्वारा घरेलु मदिरा नष्ट !

कञ्चनपुर । कञ्चनपुर प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान चलाएको छ।  प्रहरीले शनिबार जिल्लाभर सो अभियान चलाएको हो। अभियानअन्तर्गत हिजो कञ्चनपुरको पुनर्वासदेखि लिएर भीमदत्त नगरपालिकासम्म नै घरेलु मदिरा नष्ट गरिएको प्रहरी जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार दुई हजार दुई सय ८७ लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको छ। ४१ लिटर तयारी मदिरा समेत नष्ट गरिएको उनले बताए।

त्यस्तै शनिबार नै प्रहरीले गाँजा फँडानी पनि गरेको थियो। जसअन्तर्गत २० हजार गाँजाका बोट नष्ट गरिएको प्रवक्ता थापाले बताएका छन्।