कञ्चनपुरमा एक पसलमा आगलागी, एक लाख ५० हजारको क्षति

कञ्चनपुरमा एक पसलमा आगलागी, एक लाख ५० हजारको क्षति

कञ्चनपुर । कञ्चनपुरमा एक पसलमा आगलागी भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक जनरल स्टोरमा आगलागी भएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ६ विद्युत कार्यालय नजिक रहेको केशव कार्कीको कार्की जनरल स्टोरमा गएराति साढे १० बजे आगलागी भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार फ्रिजको तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको र कुनै मानवीय क्षती भने नभएको उनले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता थापाले जानकारी दिएका छन्।