एमाले सुदूरपश्चिम कमिटीको २३ र २४ गते बसेको विस्तारित बैठकका निर्णयहरु सार्वजनिक

एमाले सुदूरपश्चिम कमिटीको २३ र २४ गते बसेको विस्तारित बैठकका निर्णयहरु सार्वजनिक

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको २३ र २४ गते बसेको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । आईतबार प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै २३ र २४ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको हो ।

प्रदेश कमिटी संयोजक भीम रावलको अध्यक्षतामा बसेको बैठकले अदालतको फैसला अनुरुप पार्टी र जनसंगठनहरुका सबै संरचना पार्टी एकीकरण हुनुभन्दा अगाडिको अवस्थामा रहने भन्ने भएकोले सोही अनुसार पार्टी र जनसंगठनका सबै कमिटीहरु सक्रिय तुल्याउन पुर्नगठन गर्नुपर्ने भएमा पार्टी र जनसंगठनका कमिटीहरुको पुर्नगठन गर्ने लगायतका निर्ण गरेको छ । 

जिल्ला कमिटी प्रदेश कमिटीको बैठकले नै पुर्नगठन गरेको छ भने अन्य संघठन पुर्नगठन गर्न निर्देशन दिएको छ । कञ्चनपुरको जिल्ला अध्यक्षमा तारालामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावतलाई चयन गरिएको प्रदेश कमिटीले जनाएको छ । यस्तै बाजुरामा गगनबहादुर रावल अध्यक्ष, पुरबहादुर रावत सचिव र निरबहादुर शाही उपसचिव, बैतडीमा महादेव भट्ट अध्यक्ष, कृष्ण साउद उपाध्यक्ष, हर्कबहादुर धानुकलाई सचिवमा चयन गरिएको छ । 

अछाम, कैलाली, डडेल्धुरा, डोटी र बझाङमा भने यसअघिकै पदाधिकारीलाई निरन्तरता दिइएको छ भने रिक्त पदाधिकारी पूर्ती गर्न जिल्ला कमिटीलाई निर्देशन दिइएको छ । कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दीलबहादुर सिंह र अछाममा शेरवहादुर कुँ्वरलाई नै अध्यक्षमा नितरन्तरता दिइएको प्रदेश कमिटीले छ ।

नौँ वटै जिल्लाका जनसंगठन र पेशागत संगठनलाई पनि पुर्नगठन गर्न निर्देशन दिइएको पार्टीका सुदूरपीश्चम ईञ्चार्ज भीम रावलले जानकारी दिए । बैशाखदेखि असार १५ गतेसम्म वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय समेत भएको रावलले बताए । 

यस्तै नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कर्ण थापालाई कारवाही गर्न सिफारिस गरिएको छ । पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक बर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो । 

यस्ता छन निर्णहरुः

No description available.No description available.No description available.No description available.