एमाले सुदूरपश्चिमका सह-संयोजक थापालाई कारवाहीको सिफारिस, सदस्यताबाट १ बर्ष निलम्बन !

एमाले सुदूरपश्चिमका सह-संयोजक थापालाई कारवाहीको सिफारिस, सदस्यताबाट १ बर्ष निलम्बन !

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीका सह संयोजक कर्ण बहादुर थापालाई कारवाही गरेको छ । प्रदेश कमिटीको यहि २३ र २४ गते बसेको विस्तारित बैठकले सहसंयोजक थापालाई अनुशासनको कारवाही गरेको हो ।

ओली समुहका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका थापालाई पार्टीका सबै जिम्मेवारी बाट हटाउनुका साथै पार्टी सदस्यताबाट समेत एक बर्ष निलम्बनका लागि सिफारिश गरिएको छ ।

“नेकपा (एमाले)को विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्नेजस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुन्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई विसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सहसंयोजक कर्णबहादुर थापालाई नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ को (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट एक वर्ष निलम्बनका लागि सिफारिस गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यस्तै बैठकले पार्टीको विधानविपरित अनाधिकृत रुपमा आफूलाई सुदूरपश्चिम प्रदेश कमिटी सचिव भन्दै पार्टी सदस्यहरुलाई धाक धम्की दिएको भन्दै पार्टीका कञ्चनपुर जिल्ला सदस्य राजेन्द्र रावललाई त्यस्तो नगर्न सचेत गराएको छ। 

No description available.