कोरोनाको दोस्रो लहरले बढायो मुश्किलः यी १० कुराले बचाउनेछ तपाईंको ज्यान

कोरोनाको दोस्रो लहरले बढायो मुश्किलः यी १० कुराले बचाउनेछ तपाईंको ज्यान

कोरोनाको दोस्रो लहरले मानिसहरुको समस्या बढाइदिएको छ । भारतमा कोरोनाका दैनिक एक लाख बढी संक्रमित भेटिइरहेका छन् । यस्तोमा स्वास्थ्य अधिकारीले मानिसहरुलाई सावधान रहन सल्लाह दिइरहेका छन् । आउनुहोस्, केही विशेष कुराबारे जानकारी लिऔं जसलाई ध्यानमा राखेर तपाईं भाइरसको नयाँ स्ट्रेनबाट आफूलाई जोगाउन सक्नुहुन्छ ।

१. घरमा बसेर यदि तपाईं बाहिरबाट खाना अर्डर गरिरहनुभएको छ भने यसले तपाईंलाई खतरामुक्त राख्दैन । यस्तो प्रकारको अर्डको भुक्तानी अनलाइनमार्फत् गर्नुहोस् । रकम लेनदेनबाट जोगिनुहोस् र अर्डर लिनुअघि हातमा राम्रोसँग पञ्जा लगाउनुहोस् ।

२. कुनै पनि कुरालाई छोएपछि साबुन वा स्यानिटाइजरले राम्रोसँग हात धुनुहोस । कोरोना भाइरसको लक्षण देखिँदा भिन्न कोठामा बस्नुहोस् । आफ्नो कपडा वा भाँडाकुँडाको सम्पर्कमा घरका अन्य सदस्यलाई आउन नदिनुहोस् ।

३. यदि तपाईं घरमा पनि मास्क लगाएर बस्नुहुन्छ भने त्यो डिसइन्फेक्टेड हुन आवश्यक छ । मास्क खराब भएको स्थितिमा त्यसलाई यताउता फ्याँक्नुको साटो बालिदिनुहोस् वा जमिन मुनी गाडिदिनुहोस् ।

४. यदि घरका कोही सदस्य कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् भने बच्चा, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई त्योभन्दा बढी खतरा छ । त्यसैले संक्रमितसँग निश्चित दुरी बनाउनुहोस् ।

५. तपाईंको कोठामा नै बाथरुमको व्यवस्था हुनुपर्छ र याद राख्नुहोस् कि कोही पनि बाहिरका व्यक्ति उक्त कोठामा प्रवेश नगरुन् । बाथरुम वा घरको ढोकाको ह्यान्डल छुँदा तपाईं यसलाई राम्रोसँग स्यानिटाइज गर्नुहोस् ।

६. यदि घरका कुनै पनि सदस्य वा बाहिरी व्यक्ति तपाईंको कोठामा आइरहेका छन् भने ती व्यक्तिसँग कम्तीमा १ देखि ३ मिटरको निश्चित दुरी कायम गर्नुहोस् । फेस मास्क लगाएर मात्रै कुराकानी गर्नुहोस् ।

७. घरमा बस्दा पनि जतिबेला पनि मास्क लगाउनुहोस् । कुनै पनि कुरालाई छुनु अघि हातमा पञ्जा लगाउनुहोस् । पञ्जा निकालेपछि हातलाई राम्रोसँग साबुनले धुनुहोस् ।

८. घरको सफा सुग्घर स्थानमा तपाईं बढी सुरक्षित हुनुहुन्छ तर यदि तपाईंमा कोरोनाभाइरसको लक्षण देखिरहेको छ भने तुरुन्त अस्पताल जानुहोस् ।

९. अन्य व्यक्तिलाई सम्पर्क गर्दा वा कुनै विशेष सन्देश दिनका लागि सोसल नेटवर्कको धेरैभन्दा धेरै प्रयोग गर्नुहोस् । खोक्दा र हाच्छिउँ गरेपछि हातलाई साबुन पानीले राम्रोसँग धुनुहोस् ।

१०. फेन, रिमोट र चाबीजस्ता चिज प्रयोग गरेपछि त्यसलाई स्यानिटाइज गर्नुहोस् । बिजुलीको स्विच दबाउनका लागि टुथ पिक वा सलाईको काँटीजस्ता चिज प्रयोग गर्नुहोस् ।