ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, प्रति किलो कति ?

ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, प्रति किलो कति ?

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य ४१० पुगेको छ । यो अहिलेसम्मकै बढी मूल्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको थियो । मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

अझै खुद्रा मूल्य ४ सय ३० सम्म पुग्ने सक्ने व्यवसायीहरुको भनाई छ । जिउँदो कुखुराको मूल्य २९० पुगेको छ । यसअघि २७० रुपैयाँमा कारोबार हुँदै आएको थियो ।