यी हुन् एमाले खनाल-नेपाल समूह सुदूरपश्चिमका ९ वटै जिल्लाका अध्यक्षहरु ? (सुचीसहित)

यी हुन् एमाले खनाल-नेपाल समूह सुदूरपश्चिमका ९ वटै जिल्लाका अध्यक्षहरु ? (सुचीसहित)

नेकपा (एमाले) खनाल नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवन राज थापा, सचिव रणबहादुर महरा, उपसचिव रविन्द्र कुँवर, कार्यालय सचिव मोहनसिंह रावललाई नियुक्त गरेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटी घोषणा गरेका हुन् । रावलले प्रदेश कमिटी बैठकले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।

खनाल नेपाल समूहले बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल चयन गरेका छन् । उपाध्यक्ष जिल्ला कमिटीले चयन गर्ने बताइएकोछ  । सचिवमा पुरबहादुर राउत, उपसचिव निरबहादुर शाही बनेका छन् । बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिव हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्ट चयन भएकी छन् ।

अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव, उपसचिव र कार्यालय सचिवको चयन जिल्ला कमिटीको बैठकले गर्ने विज्ञप्तीमार्फत् बताइएको छ । कैलाली जिल्ला कमिटी अध्यक्ष दीर्घ बहादुर सोडारी चयन भएका छन् ।

डडेलधुरा जिल्ला कमिटीः अध्यक्ष डा.तारा जोशी, उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, सचिव धनबहादुर साउद, उपसचिव शकुन्तला नगरकोटी र कार्यालय सचिव जिल्ला कमिटीले तय गर्ने बताइएको छ । डोटी जिल्ला कमिटीको अध्यक्षमा चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा बनेका छन् ।

सचिव जिल्ला कमिटीको बैठकले चयन गर्ने विज्ञप्तिमा उल्लेख छ । कमिटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिव खड्कबहादुर कठायतलाई चयन गरिएको छ । बझाङ जिल्ला अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव दमनबहादुर भण्डारी, उपसचिव धनबहादुर बोहरा, कार्यालय सचिव सुरतबहादुर सिंह चुनिएका छन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन र पेशागत संगठनका प्रदेश र जिल्ला कमिटीको पुनर्गठन गर्ने निर्णय प्रदेश गरेको छ । यसो गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।