छांगरुमा सशस्त्र प्रहरीको भवन निर्माण कार्य पुन: सुरु

छांगरुमा सशस्त्र प्रहरीको भवन निर्माण कार्य पुन: सुरु

दार्चुला ।  व्याँसको छांगरुमा सशस्त्र प्रहरी भवन निर्माण पुन सुरु भएको छ। गत मंसिरबाट रोकिएको भवन निर्माणको काम सुरु भएको हो। गत असोज ९ गते गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोलीले शिलान्यास गरेको सशस्त्र प्रहरीको पक्की भवन निर्माण कार्य अघि बढेको हो।

माईनस १८ डिग्रीसम्म चिसोमा बस्ने मिल्ने गरी आधुनिक सुविधासम्पन्न भवन बनाउन सुरु गरिएको छ। यो वर्ष चिसोमै विताएका सशसत्र प्रहरीलाई आगामी वर्ष भवनमा सार्ने गरी निर्माण कार्य सुरु गरिएको निर्माण व्यवसायीले जनाएका छन्।

अत्याधुनिक सुविधासहितको ४० कोठे भवनको निर्माणकार्यको लागि अहिले ४० बढि मजदुर खटिएका छन्। छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई बाह्रैमास बस्न मिल्ने गरी भवन निर्माण कार्य अघि बढाएको हो।