दशगजामा भारतले काडेतार लगाउन खोजपछि नेपालले राक्यो

दशगजामा भारतले काडेतार लगाउन खोजपछि नेपालले राक्यो

धनगढी : सहमति विनै दशगजामा भारतीय पक्षले नाली निर्माण गरेर तारवार लगाउने प्रयास गरेको छ । 

कञ्चनपुरको पुनर्वास नगरपालिका, ११ डोकेबजार नजिक दशगजा क्षेत्रमा भारतीय पक्षले सहमति विना एकलौटी रुपमा नाली निर्माण गरेको तारवार लगाउने प्रयास गरेको हो । 

त्यसका लागि नेपाल भारत सीमा क्षेत्रको गौरीफन्टा  नाका र पुनर्वासको डोकेबजार स्थित सीमा स्तम्भ नम्बर १७१÷७७३ नजिक डोजर लगाएर भारतीय वन बिभागका कर्मचारीले नाली बनाउदै अग्लो डिल बनाउन थालेका थिए ।

भारतको बन विभागले दशगजा क्षेत्रमा नाली निर्माण गरिरहेको भन्दै उक्त कार्यको स्थानीयले विरोध गरेका छन । 

स्थानीयको विरोधपछि गएको सशस्त्र प्रहरीको टोलीले आजलाई नाली निर्माण कार्य रोक्न लगाएको छ । 

‘जङगली जनावर नेपाल आउन थालेको र तस्करी बढेको भन्दै नाली निर्माण गरेर तारवार लगाउन लागेका रहेछन ।’ सशस्त्र प्रहरी बल गुल्म हेडक्वाटर राजस्व तथा भन्सार गस्ती सुरक्षा कार्यालय कैलालीका प्रमुख प्रहरी नायव उपरिक्षक देव बहादुर चन्दले भने, ‘माथिल्लो निकायमा कुरा गर्छौ भनेर एक दिनलाई निर्माण कार्य राक्न लगाएका छौ ।’

उनले माथिल्लो निकायमा उक्त कुराबारे जानकारी गराउने र आदेश अनुसार नाली निर्माण रोक्ने वा निर्माण गर्न दिने भन्ने कुरा थाहँ हुने बताए । 

बुधवारदेखि नाली निर्माण गर्न सुरु गरेको भारतले आजसम्म ४ सय मिटर निर्माण गरेको र २ किलोमिटर क्षेत्रमा नाली निर्माण गर्ने लक्ष्य लिएको बुझिएको छ ।