डोटीको शिखर नगरपालिकाले दियो चार दिन बिदा

डोटीको शिखर नगरपालिकाले दियो चार दिन बिदा

डोटी । डोटीमा विसु पर्व मनाउँन चार दिन बिदा दिईने भएको छ । जिल्लाको शिखर नगरपालिकाले नयाँ बर्ष मनाउनको लागि ४ दिन विदा दिने निर्णय गरेको हो । नगरपालिकाको शिक्षा समितिको बैठकले नयाँ बर्ष ९विसु पर्व० को लागि चैत ३०, ३१, बैसाख २ र ३ गते विदा दिने निर्णय गरेको हो । 

‘कोभिड १९ को समयमा असोज देखि नै विद्यालयहरु संचालनमा रहेको र शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयद्धारा –वायुमण्डलमा देखा परेको अस्वभाविक परिस्थितिका कारण दिईएको ४ दिन बिदामा पनि विद्यालयहरुको संक्रियतालाई मध्यनजर गरी नयाँ बर्ष (विसु पर्व) मा मिति २०७७ चैत ३०, ३१ र २०७८ बैसाख २ र ३ गते बिदा दिने निर्णय गरिएको छ’ नगरपालिकाद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।