जैन धर्मका प्रवर्तक महावीरका १० अनमोल वचन

जैन धर्मका प्रवर्तक महावीरका १० अनमोल वचन

पूर्वीय दर्शनमा ९ किसिमका दर्शनहरू रहेका छन् । एकातर्फ वेदलाई प्रमाण मान्ने हिन्दु धर्मसँग सम्बन्धित रहेका ६ दर्शनहरू रहेका छन् भने अर्कोतर्फ बौद्ध धर्म र जैन धर्मसँग सम्बन्धित नास्तिक दर्शनहरू छन् । यही नास्तिक दर्शनमध्येको एक हो बर्द्धमान महावीरले प्रतिपादन गरेको जैन दर्शन ।

जैन धर्ममा पनि दुई सम्प्रदायहरू छन् । पहिले दिगम्बर अर्थात् ४ दिशालाई नै आफ्नो वस्त्र मानेर नांगै हिँड्ने सम्प्रदाय र अर्को श्वेताम्बर अर्थात् नांगै नबसेर सेतो कपडाले शरीर ढाक्ने सम्प्रदाय छन् । यी दुवै सम्प्रदायको मुख्य लक्ष्य भनेको शान्तिमय संसारको निर्माण गर्नु हो ।

वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउ नाजिकको कुन्द ग्राम मा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिइन्।

महावीरले विश्वलाई जैन धर्मको पञ्चशील सिद्धान्त मार्फत् केही जीवन उपयोगी ज्ञान दिएका छन् । उनको पञ्चशीलमा अहिंसा, सत्य, अपरीग्रह, अचौर्य (अस्तेय वा चोरी नगर्नु) र ब्रह्मचर्य हुन् । सबै जैन मुनि आर्यिका, श्रावक, श्राविकालाई पञ्चशील गुणहरू अनुसरण गर्नु अनिवार्य छ।

महावीर अहिंसाको दृढ उपासक थिए, त्यसैले उनले कुनैपनि दिशामा शत्रुलाई हानि गर्ने कल्पनासमेत गरेनन् । उनी कसैलाई कठोर शब्दसमेत बोल्दैनथे । नम्रता र मिठासका साथ उनका विरोध गर्नेहरूलाई बुझाउँ’थ्यो।

महावीर जैनले दिएको केही जीवन उपयोगी वचनहरू तल उल्लेख गरिएको छ ।

– अहिंसा सबैभन्दा ठूलो धर्म हो, त्यसैले हामीले ‘बाँच्न र बाँच्न देऊ’ को सन्देशमा अडिनुपर्छ ।

– शान्ति र आत्म-नियन्त्रण नै वास्तवमा अहिंसा हो।

– प्रत्येक आत्मा आफैँमा सर्वज्ञानी र खुशीमय हुन्छ। आनन्द बाहिरबाट आउँदैनन्।

– अहिंसा सबै जीवित मानिसहरुका लागि करुणाको स्रोत हो। मानिस घृणाकै कारण नष्ट हुन्छ।

– अहिंसा भनेको सबै जीवित प्राणीहरूको सम्मानको भावना हो।

– सबै मानिसहरु आफ्नै गल्तीका कारण दुखी हुन्छन् भने तिनीहरु आफ्नो गल्ती सच्याएर खुशी हुन पनि सक्छन्।

– लाखौं शत्रुलाई जित्नुभन्दा आफूलाई जित्नु उत्तम तर कठिन काम हो।

– तपाईंको आत्मा बाहिर कुनै शत्रु छैन । वास्तविक शत्रुहरू आफूभित्र बास गर्दछन् । दुश्मनहरू ती हुन् – लोभ, द्वेष, क्रोध, घमण्ड र संलग्नता र घृणा ।

– आत्मा एक्लै आउँदछ र एक्लै जान्छ, न त कोही उसलाई समर्थन गर्छ न त कोही उनको साथी बन्छ।

– महावीर हामीलाई आफैँसँग लडाइँ गर्न हौसला दिन्छन् । उनी भन्छन्- आफैँसँग लडाइँ गर, बाहिरी शत्रुसँग लड्न के ? जसले आफैंलाई विजयी तुल्याउँछ, ऊ आनन्दित हुनेछ।