सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

फागुनको पहिलो साता भारत बाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कडा प्रकारको निमोनोयासहित अस्पताल भर्ना भएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो ।