आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ लेटाङ-९ का ४५ वर्षीय रविन्द्रकुमार लिम्बुको आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो।

राति साढे १२ बजे लेटाङ-९ पारुहाङ चोकस्थितमा मे९प ९५१ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

गम्भीर घाइते भएका लिम्बुको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।