धनगढीको के.जी हस्पिटलमा पहिलो पटक नितम्बीय हड्डीको सफल शल्यक्रिया

धनगढीको के.जी हस्पिटलमा पहिलो पटक नितम्बीय हड्डीको सफल शल्यक्रिया

धनगढी । धनगढीको के.जी हस्पिटल प्रालिले एसिटाबुलम फ्र्याक्चर जस्तो जटिल शल्यक्रिया सफलतापूर्वक गरेको हो । सुदूरपश्चिममा पहिलो पटक एसिटाबुलम फ्र्याक्चर अर्थात् नितम्बीय हड्डी टुक्रिएको समस्याको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

कैलालीको अत्तरियाका विनोद थापालाई ट्रकले ठक्कर दिएपछि उनको एसिटाबुलम फ्र्याक्चर भएको थियो। त्यस लगत्तै उनि अस्पताल भर्ना भएका थिए ।

के.जी हस्पिटल प्रालिका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डक्टर मधुसुदन घले गुरूङ्ग, डक्टर ललित चौधरी, एनेस्थेसियोलोजिस्ट डक्टर बिरेन्द्र बुडाल, एनेस्थेसियोलोजिस्ट असिस्टेन्ट खडकजंग बुढा थापाको टोलीले उनको सफल अप्रेशन गरेको के।जि हस्पिटलका अध्यक्ष दिल बहादुर कठायतले बताए ।