सोमबार सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

सोमबार सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिममा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ७२ नमूनाहरुममध्ये १५  जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीका ४ जनासहित १५ जनामा कोरोना देखिएको हो । उनले कैलालीको जोशीपुर गाउँपालिकाका तीनजना, जानकी गाँउपालिकाका एक जना, गोदावरी नगरपालिकाका तीनजना र धनगढी उपमहानगरपालिका चार जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै टिकापुर नगरपालिकाका एकजना, कञ्चनपुरको भिमदत्त नगरपालिकाका दुईजना र कृष्णपुर नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। यसैगरी अस्पतालका अनुसार कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत उनको सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ।