कतारको एक कम्पनीले शून्य लागतमा माग्यो नेपाली कामदार, तलब कति ?

कतारको एक कम्पनीले शून्य लागतमा माग्यो नेपाली कामदार, तलब कति ?

कतारको एक कम्पनीले शून्य लागतमा नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको structural technical services and contractig कम्पनीले painter का लागि १५ नेपाली कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३६ हजार माथि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले भाष तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिने पर्ने छ । खान बस्न सहित तालिम निशुल्क हुने छ । 

इच्छुक कामदारले इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालिको कार्यालय ग्वार्को ललितपुरमा २०७८ साल बैशाख ७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क  रोजगारदाताले बेहोर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।