पश्चिम नेपाल सप्लायर्स अत्तरिया रोडमा सर्‍यो, यस्ता छन् नयाँ बर्षका अफर !

पश्चिम नेपाल सप्लायर्स अत्तरिया रोडमा सर्‍यो, यस्ता छन् नयाँ बर्षका अफर !

धनगढी । सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा सरेको संचालक महेन्द्र सिंहले जानकारी दिए ।

नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटोमोबाईल्स प्रालिको आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स हो । सुजुकी जापानीज ब्रान्डकका साथै विश्वमा चिरपरिचित ब्रान्ड पनि हो। हाल नेपालमा बिक्रि हुने जिक्सर १५० एफ आई तथा एबिएस प्रबिधियुक्त छ।

यस बाईक प्रति युवा बर्गको निकै राम्रो आकर्षण रहेको छ। उच्च माईलेज, स्पोर्टि लुक्स, पावरफुल तथा ७ हजार किमि सम्म वारेन्टी सुविधा हुनुले पनि ग्राहकको मन जित्न सफल भएको पश्चिम नेपाल सप्लायर्सका संचालक सिंहले जानकारी दिए।

नयाँ बर्षको अवसरमा खरिद गर्ने ग्राहकलाई प्रत्येक मोटरसाईकल तथा स्कुटरमा नगद १० हजार छुट प्रदान गरेको कम्पनिले जनाएको छ। साथै स्पोट फाईनान्स तथा स्पोट एक्सचेञ्ज सुबिधा रहेको सोरुमका म्यानेजर लोकेश ओझाले बताए।