‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाउ’– प्रधानमन्त्री ओली

‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाउ’– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ ।काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो, ‘मेरो सरकार बहुमतको हो । जुन सरकारसँग बहुमत छ, उसले किन राजिना दिने ?’

उहाँले थप्नुभयो, ‘समर्थन फिर्ता लैजाउ । किन समर्थन गरिहेको ? बहुमतको सरकारले किन राजिनामा दिने । चाहिएको छैन तिम्रो समर्थन । फिर्ता लैजाउ ।’ माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गर्नुभयो ।

नेपालले टिकट त बाँड्लान् तर एक जना पनि जित्दैनन् भन्दै उहाँले भन्नुभयो, ‘टिकट त बसपार्कमा बाँढेको बाढ्यै छ नि । माधव नेपालले टिकट बाँढ्न सक्नुहुन्छ तर सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै जित्नुहुन्न ।’

आत्मालोचना गरेर आउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘गल्ती महशूस गरेर आउनुस् । बिना भेदभाव काम गर्न दिन्छु । तर गूटबन्दी हुँदैन चल्दैन । समूहगत रुपमा कुरा गरिन्न । व्यक्तिगत रुपमा व्यवहार गरिन्छ । माधव नेपालजी पार्टीमा आएर काम गर्छु भन्नु हुन्छ भने काम गर्नुस् । तर आत्मालोचना गरेर मात्रै ।’