धनगढीमा करिब डेढ करोडको लगानीमा एभरेस्ट क्याफे एण्ड लज सञ्चालन

धनगढीमा करिब डेढ करोडको लगानीमा एभरेस्ट क्याफे एण्ड लज सञ्चालन

धनगढी । झण्डै डेढ करोडको लगानिमा धनगढीमा एभरेस्ट क्याफे एण्ड लज संचालन गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ डिपो बजारमा उक्त क्याफेको सुरुवात गरिएको हो । 

सोमबार एक कार्यक्रमका बिच उक्त क्याफेको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम लजकि संचालिका राधिका चौधरीको अध्यक्षतामा सम्पन्न गरिएको हो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश विधायन समिती सदस्य नेपालु चौधरी र विशिष्ट अतिथीमा वडा नम्बर १४ का अध्यक्ष राम बजारी थारु रहेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा सुदुरपश्चिम प्रदेश विधायन समिती सदस्य नेपालु चौधरिले उक्त लजले फुलवारिको पर्यटन व्यवसायलाई सहयोग पुग्ने बताए । त्यस्तै व्यवसायमा जति लगानी र सुविधा उपलब्ध गराउन सक्यो त्यति नै सस्थाले उचाई लिने भएकोले थप अपेक्षा सहित शुभकामना व्यक्त गरे । त्यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राम बजारी थारुले लज संचालनको अवसरमा शुभकामना व्यक्त गरेका छन । 

झण्डै डेढ करोडको लगानिमा संचालन गरिएको उक्त एभरेस्ट क्याफे एण्ड लजको  सफल भविष्यको कमना गर्दै उद्घाटन कार्यक्रममा उपस्थितहरुले धनगढीमा फरक संवाद र फरक माहोलको अपेक्षा गरेको उल्लेख गरेका छन ।